नेपालको विजयी सुरुआत, कतार ७९ रनले पराजित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपालको विजयी सुरुआत, कतार ७९ रनले पराजित


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । नेपालले आईसीसी यु-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरुआत गरेको छ ।

मलेसियाको यूकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रन मात्र बनाउन सक्यो।

कतारका लागि कप्तान साची ढड्वालले १४ रन जोडिन । श्रुतिबेन कमलेशभाइ रानाले पनि १४ रन जोडिन ।

कतारलाई सस्तैमा समेट्न नेपालकी सृष्टि जैशीले ३ विकेट लिईन । यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले २र२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । 

नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहँदै ३२ रन बनाइन । यस्तै सृष्टि जैशीले अविजित २३ रन जोडिन ।

सानु राजवंशी २१ रन, अञ्जलि विश्वकर्मा ११ र किरण कुमारी कुँवर १ रन जोडेर आउट भइन ।

कतारकी साची ढड्वाल र अलिना खानले १र१ विकेट लिए ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् ।

अब नेपालले दोस्रो खेलमा युएईविरुद्ध भोलि शनिवार खेल्नेछ छ ।

यस्तै भुटानविरुद्ध सोमबार खेल्दा नेपालले मङ्गलवार थाइल्याण्ड र बिहीबार  मलेसियाविरुद्ध खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस