तारा एयरको पोखरा-जोमसोम उडान एक हप्ताका लागि स्थगित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

तारा एयरको पोखरा-जोमसोम उडान एक हप्ताका लागि स्थगित


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । यती एयरलाइन्सको भगिनी संस्था तारा एअरले पोखरा-जोमसोम उडान एक हप्ताका लागि स्थगित गरेको छ ।

एयरलाइन्सले आजदेखि २७ गतेसम्मका लागि पोखरा-जोमसोम-पोखराका नियमित उडान स्थगित गरेको हो ।

यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले तारा एअरले विशेष कारणवश पोखरा-मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको बताएका छन् ।

गएको आइतबार पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा दुर्घटना हुँदा चालकदलका सदस्यसहित विमानमा रहेको सबै २२ जनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस