‘बजेट कार्यान्वयनमा कठिनाइ हुने’ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

‘बजेट कार्यान्वयनमा कठिनाइ हुने’


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । सांसद डा. भीम रावलले देश आर्थिक सङ्कटमा परेका बेलामा अध्ययन नगरीकन बजेट आएको र कार्यान्वयनमा कठिनाइ हुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफलका विषयमा उनले बजेटले समाजवादोन्मुख अर्थतन्त्रको व्यवस्थालाई अवलम्बन गर्न नसकेको बताए ।

सांसद रावलले नेपाल पनि आन्तरिक र बाह्य ऋणको चपेटामा पर्न सक्ने कुरा आइरहेका अवस्थामा बजेटले त्यो कुरालाई ध्यान दिन नसकेको सुझाव दिए ।

सांसद रावलले सगरमाथासम्म दुई घण्टामा पुग्ने द्रुतमार्ग बनाउने, काठमाडौँबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग बनाउने पनि बजेटको सस्तो लोकप्रियता भएको धारणा राखे ।

प्रतिनिधिसभाको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सकिएको छ । छलफलमा उठेका प्रश्नको जवाफ भोलि अर्थमन्त्रीले दिने कार्यसूची रहेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफल सकिएको र अर्थमन्त्रीले सो बारेमा उठेका सवालको जवाफ यही जेठ २० गते बस्ने बैठकमा दिने जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २० गते ११ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस