२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरुवा-बढुवा हुन नेता भेट्ने प्रहरीको रेकर्ड राख्न थालेका छौँ : धिरजप्रताप सिंह

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले सरुवा-बढुवा हुन भ्रातृ सङ्गठनका नेता भेट्ने प्रहरीहरूको रेकर्ड राख्न थालेको बताएका छन् ।

आज (बिहीबार) महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कतिपय मिडियामा यस्ता कुराहरू आएपछि त्यसबारे सत्यता बुझ्नुपर्ने उनले बताए ।

‘कोही भ्रातृ सङ्गठनका मानिससँग नजिकिएर सरुवा-बढुवा भएको भन्ने विभिन्न मिडियामा चाहिँ आउँछन् । सत्यता कति छ बुझ्नुपर्ने छ,’ उनले भने ।

राजनीतिक व्यक्तित्वसँग मात्रै नजिकिएर कुनै पनि प्रहरीले सरुवा-बढुवा नपाउने पनि उनले बताए । उनले त्यस्ता व्यक्तिहरूको रेकर्ड राख्ने बताएका हुन् ।

‘राजनीतिक सोर्स फोर्सले मात्रै त्यो व्यक्तिले सरुवा-बढुवा पाउँदैन । त्यस्ता व्यक्तिहरूको रेकर्ड हामीले राख्न सुरुआत गरेका छौँ । जो अत्यन्त राजनीतिक व्यक्तित्वहरूसँग लाग्छ र कार्यदक्षता केही पनि छैन उनीहरूको रेकर्ड राख्न सुरु गरेका छौँ,’ उनले भने ।

उनले कुनै पनि सरुवा-बढुवाको विषय एउटा ब्याचीहरूबीच कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने गरेको पनि बताए ।

‘मेरिट बेसमा हुन्छ र त्यसमै गर्नुपर्छ । निजामतीमा जस्तो लेखेर ल्याउने हुँदैन । ब्याचभित्र उत्कृष्ट जो छ त्यही अगाडि आउँछ । कसैलाई टिपेर ल्याइँदैन। विभिन्न कार्यसम्पादन मूल्याङ्कनबाट पनि गरिएको हुन्छ । ब्याचीहरूबीच प्रतिस्पर्धा हुन्छ र उत्कृष्ट हुनेलाई वरीयतामा अगाडि ल्याइन्छ,’ उनले भने ।