निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा छ : आइजिपी धिरजप्रताप सिंह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा छ : आइजिपी धिरजप्रताप सिंह


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । प्रहरी महानिरीक्षक(आइजिपी) धिरजप्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा रहेको जनाएका छन् ।

आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा आइजिपी सिंहले आफ्नो कार्यकालको प्राथमिकतामा निर्मला हत्या प्रकरण रहेको बताएका हुन् । उनले भने, ‘अनुसन्धानमा प्रश्न उठ्ने गरेका छन् । मेरो कार्यकालमा प्राथमिकतामा छ ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लाग्दा पनि दोषी पत्ता लागेका छैनन् । २०७५ साउन १० गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी निर्मला भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउ उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

घटनाको २६ औँ दिन भदौ ४ गते प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका भीमदत्त–१९ बाग्फाँटाका दिलीपसिंह विष्ट नै दोषी भएको भन्दै छानबिनका लागि दुर्गाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् ।

प्रहरीले विष्टमाथि पुनः छानबिन नगरेको उनको गुनासो छ । प्रहरीले विष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलन झनै चर्किएको थियो । वास्तविक अपराधी जोगाउन प्रहरीले नक्कली अपराधी खडा गरेको भन्दै स्थानीयले आन्दोलन चर्काएका थिए ।

२०७५ भदौ ८ गते प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा भीमदत्त–१८ भगतपुरका शनि खुनाको मृत्यु भएको थियो । प्रहरीले भने अहिले पनि निर्मला घटनामा ठोस प्रमाणकै खोजीमा रहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस