तालिम नलिएका व्यक्तिलाई विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीलाई जरिवाना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तालिम नलिएका व्यक्तिलाई विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीलाई जरिवाना


१९ जेष्ठ २०७९, बिहिबार


उडान रद्द

नयाँ दिल्ली । भारतमा उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ ।

नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए)ले सुरक्षा नियम उल्लङ्घन गरेकामा निजी वायुसेवा कम्पनी एयर विस्तारालाई रु १० लाख जरिवाना गरेको हो ।

एयर विस्तारालाई नागरिक उड्डयन निगरानीमा राखिएको डिजिसीएका अधिकारीले बताएका छन् ।

उडान र अवतरणको तालिम नलिएका एक जना सहचालकले हालै मध्य प्रदेश राज्यको इन्दौर विमानस्थलमा विमान अवतरण गराएका थिए ।

यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लङ्घन विमान कम्पनीले गरेकामा उक्त रकम जरिवाना गरिएको नियामक निकायका अधिकारीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस