नयाँ ‘इनरुट’ नियमविरुद्ध आज यति एयरका सबै उडान रद्द « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नयाँ ‘इनरुट’ नियमविरुद्ध आज यति एयरका सबै उडान रद्द


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । हवाई दुर्घटना कम गर्न भन्दै ल्याइएको नयाँ नियमको विरोधमा यति एयरलाइन्सले आज (बिहीबार)को सबै उडान रद्द गरेको छ ।

भिजिबिलिटीसम्बन्धी जानकारी दिने निकायबीचको अन्योलका कारण उडान नै प्रभावित हुन थालेपछि यतिले विरोधस्वरुप उडान रद्द गर्ने निर्णय गरेको हो ।

‘इनरुट’सम्बन्धी अन्योलकै कारण हिजो (बुधबार) पनि काठमाडौँबाट ‘स्टल सेक्टर’मा हुने उडान प्रभावित भएको थियो ।

मौसम सफा भए पनि ‘इनरुट’को मौसमसम्बन्धी जानकारी कसले दिने भन्ने अन्योलका कारण समस्या भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । ‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, विभागले प्रस्ट जानकारी दिएको छैन । जसले एअरलाईन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ’, उनले भने ।

पाइलटहरुले मौसम सफा रहेको भने पनि उडानमा समस्या आएको उनको भनाइ छ ।

सरोकारवाला निकायबीच आवश्यक समन्वयबिना नै यस्तो निर्णय गर्दा समस्या परेको उनले बताए ।

उडान प्रभावित हुँदा यात्रुहरु मारमा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस