बढ्यो सुनको मूल्य « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बढ्यो सुनको मूल्य


१९ जेष्ठ २०७९, बिहिबार


सुन

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९७ हजार २०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ४०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार २६५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस