१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङका स्थानीय तहमा २१७ महिला जनप्रतिनिधि

अ+ अ-

दाङ । हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दाङका दश स्थानीय तहका १०० वडामा प्रमुख पदमा कोही पनि महिला निर्वाचित भएका छैनन् ।

प्रमुख पदमा निर्वाचित नभए पनि उपप्रमुख, उपाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी २१७ महिला निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

उपप्रमुखमा तीन, उपाध्यक्षमा ६, महिला सदस्यमा १००, दलित महिला सदस्यमा १०० र खुला सदस्यमा ८ महिला उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिए ।

जिल्लामा ८७२ महिलाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । प्रमुख पदका लागि १०, उपप्रमुखमा ४६, वडाध्यक्षमा १९, महिला सदस्यमा ३९५, दलित सदस्यमा ३५५ र खुला सदस्यमा ४७ महिला उम्मेदवार बनेका थिए । दुई उपमहानगरपालिका र पहाडी गाउँपालिका बङ्गलाचुलीमा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाइएको थिएन । नेकपा (एमाले(ले ती सबै ठाउँमा महिलालाई उपप्रमुखमा उम्मेदवार बनाएको थियो । राप्रपासहित अन्य साना दलले पनि प्रमुखमा महिलालाई उम्मेदवार बनाएका थिए ।

दलहरुले गठबन्धन नगरेका यहाँका सात स्थानीय तहमध्ये नेपाली काँग्रेसले राप्ती गाउँपालिकामा अध्यक्ष र शान्तिनगर गाउँपालिका–२ मा महिला उम्मेदवार बनाएको थियो । ती दुवै स्थानमा उनीहरु पराजित भए ।

एमाले लगायत अन्य दलले पनि वडामा महिला उम्मेदवार बनाएका थिए । कोही पनि विजयी भएनन् । जिल्लाका १० स्थानीय तहको प्रमुख र उपप्रमुख, वडाध्यक्ष, दलित, महिला र खुला सदस्यमा गरी कूल दुई हजार २०७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस