प्रतिनिधिसभाकाे बैठक बिहान ११ बजे बस्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधिसभाकाे बैठक बिहान ११ बजे बस्ने


१९ जेष्ठ २०७९, बिहिबार


sanghiya sansad

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेस गरेको आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आज पनि जारी रहनेछ ।

मङ्गलवारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरूले बजेटमाथि आ–आफ्नो धारणा राखिरहेका छन् ।

यसैबिच, राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस