सप्ताहव्यापी विश्व खाद्य दिवस मनाइँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सप्ताहव्यापी विश्व खाद्य दिवस मनाइँदै


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सप्ताहव्यापी विश्व खाद्य दिवस २०२२ मनाउने भएको छ ।

‘संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हकको सुनिश्चितता गरेको छ । नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नाराअनुसार जेठ १८ देखि २४ गतेसम्म सप्ताहव्यापी रूपमा दिवस मनाउँदै,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने ।

दिवसका अवसरमा विभाग र मातहतका कार्यालयहरूबाट होटेल, रेस्टुरेन्ट अनुगमन निरीक्षण एवम् स्तरीकरण गरी स्टिकर वितरण कार्यक्रम, खाद्य उद्यमी व्यवसायीहरूसँग खाद्य स्वच्छता एवम् अन्तर्क्रिया कार्यक्रम, खाद्य स्वच्छता तथा पोषणसम्बन्धी स्कुल शिक्षा लगायततका कार्यक्रम गर्ने जनाइएको छ ।

विभागले खाद्य स्वच्छतासँग सम्बन्धित सरोकारवालाहरुः सरकारी निकाय, गैर सरकारी सङ्घसंस्था, शिक्षण सङ्घसंस्था, एवं उपभोक्ता हकहितसँग सम्बन्धी संघसस्थाहरु लगायतको सहभागितामा विश्व खाद्य स्वच्छता दिवस, ७ जुन २०२२ का दिन बिहान प्रभातफेरि कार्यक्रम गरी सोही दिन दिउँसो मूल समारोह कार्यक्रम सञ्चालन गर्ने र खाद्य स्वच्छताका आधारमा छनौट भएका उत्कृष्ट खाद्य उद्योगहरूलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

विभागकी महानिर्देशक मतिना जोशी बैद्यले उपभोक्ताको खान बानीमा सुधार, सुरक्षित खाद्य वस्तुको उपभोग र खाद्य सुरक्षाका निम्ति विश्व खाद्य दिवसको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै दिवसकै अवसर पारेर खाद्य श्रृंखला, खाद्य स्वच्छता ल्याउन अभियान चलाइने उनले बताइन् ।

सो अवसरमा विभाग र मातहतका कार्यालयहरूबाट स्ट्रिट फूड स्वच्छता अभिवृद्धि गरिने भएको छ भने

Tags :
प्रतिक्रिया दिनुहोस