काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी चुनावमा पाएको सफलतासँगै नेपाली काँग्रेस अहङ्कारी हुने हो कि भन्ने आशङ्का व्यक्त गरेका छन् ।
आफूहरू काँग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै उनले भनेका छन्, ‘माओवादीलाई हल्का रूपमा दिने काम नगरोस् ।’
देशभरका स्थानीय तहको प्रमुख र उपप्रमुखमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय चुनावको नतिजासँगै काँग्रेसका कतिपय नेतामा दम्भ र अहङ्कार देखिएको बताएका हुन् ।