काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी संसदवादी पार्टी नभएको बताएका छन् ।
उनले स्थानीय तहमा माओवादीका तर्फबाट विजयी भएका प्रतिनिधिको अभिमूखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘प्रतिनिधिसभामा छौँ तर हामी संसदवादी होइनौँ, संसदवादलाई स्वीकार गरेका होइनौँ,’ उनले भने, ‘यो प्रक्रियालाई सदुपयोग गरेर जानुपर्छ भनेको मात्रै हो । यसबीचमा देखिएको आचरण हाम्रो उद्देश्यसँग मिलेको छैन । रुपान्तरणको सुरुवात यही बिन्दुबाट हुन सक्छ ।’