भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी आज सुर्खेतमा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी आज सुर्खेतमा


१७ जेष्ठ २०७९, मंगलबार


कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत पुगेकी छन् ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल बडी मालिका जाने कार्यक्रमअनुसार उनी आज सुर्खेत पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी आज १ः४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुगेको जानकारी दिए ।

उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमान्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधवार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले आज अपराह्न सुर्खेतको पर्यटकीय स्थल काँक्रेविहार अवलोकन गर्नेछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस