ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २४ चालक एकैदिन कारबाहीमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २४ चालक एकैदिन कारबाहीमा


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २४ जना चालकलाई कारबाही गरिएको छ ।

सोमबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २४ जना चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो ।

फुटपाथमा पार्किङ गर्ने १६६ जना, तिब्र गतीमा सवारी साधन चलाउने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने ११६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७४ जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ६८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४६ जना क्षमताभन्दा बढी यात्रु राख्ने ३२ जना र लेन उल्लङ्घन गर्ने ३२ जनासहित ट्राफिक नियम पालना नगर्ने अन्यलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस