नक्कली नोटसहित दुईजना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नक्कली नोटसहित दुईजना पक्राउ


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ। नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् । पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका–८ बस्ने २० वर्षीय अजय सहनी छन् ।

पर्सा जगरनाथपुर गाउँपालिका–६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली एक हजार दरका नोट साट्दै गरेको अवस्थामा उनीहरूलाई २० थान (२० हजार नक्कली रकम)सहित प्रहरीले पक्राउ गरेको थियो ।

नक्कली नोट साटिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस