स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई स्थानीय तहमा न्यूनतम ९० दिन स्वयंसेवा गराइने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई स्थानीय तहमा न्यूनतम ९० दिन स्वयंसेवा गराइने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले तीन महिना स्थानीय तहमा स्वयंसेवा गराउने नयाँ सोच अघि सारेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै सो व्यवस्था समेटेका हुन् ।

बजेटमा उल्लेख भएअनुसार प्राविधिक विषयमा स्नातक र अन्यमा स्नातकोत्तर पढ्ने विद्यार्थीलाई ९० दिनसम्म स्वयंसेवा गराइने भएको छ ।

स्थानीय तहको योजना निर्माण तथा ग्रामीण विकासमा योगदान गर्ने गरी न्यूनतम ९० दिन स्वयंसेवामा लगाउन सम्बन्धित विश्वविद्यालयले आवश्यक व्यवस्था मिलाउने अर्थमन्त्रीले बताए ।

बजेटमा शिक्षासँग सीप भन्ने अभियानका साथ माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गर्ने गरी पाठ्यक्रम विकास गरिने उल्लेख छ ।

यस्तै माध्यमिक तह उत्तीर्ण भएसँगै स्वावलम्बी बन्ने गरी कुनै एक व्यवसायिक दक्षता हासिल गराई स्वरोजगार बन्न सक्षम बनाइने बजेटमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस