साउनदेखि सिंहदरवारमा ग्यास चुलो प्रयोगमा रोक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साउनदेखि सिंहदरवारमा ग्यास चुलो प्रयोगमा रोक


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्दै आगामी साउनदेखि सिंहदरवारमा ग्यास प्रयोगमा रोक लगाइनेछ । सरकारले एलपी ग्यासमा दिँदै आएको अनुदानलाई घटाएर विद्युतमा दिने जनाएको हो ।

‘एलपी ग्यास छोडौँ, बिजुली जोडौँ’ अभियान सुरु गरेको जनाउँदै अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने बायो ग्यास र एलपी ग्यासको प्रयोगलाई निरुत्साहित गरिने बताए ।

संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारले देशभर ४ सय वटा चार्जिङ स्टेसन बनाउन बजेट विनियोजन गरिएको जनाएका छन् ।

ऊर्जा क्षेत्र विकासका लागि ७५ अर्ब विनियोजन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस