खेलकुद क्षेत्रमा २ अर्ब ४६ करोड बजेट विनियोजन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

खेलकुद क्षेत्रमा २ अर्ब ४६ करोड बजेट विनियोजन


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेट सदनमा पेस गर्दै उक्त रकम छुट्टाइएको बताए । खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा मुलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने र कीर्तिपुरमा रात्रिकालीन खेल खेल्न मिल्ने योजना सारिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीको बीमा गरिने अर्थमन्त्री शर्माले बताए । राष्ट्रिय खेलकुद परिषद्का लागि २ अर्ब विनियोजन गरिएको छ ।

खेल क्षेत्रको विकासका लागि विद्यालय तहबाटै आवश्यक कार्यक्रम तर्जुमा गर्ने पनि बजेटमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस