सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने , स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब बजेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने , स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब बजेट


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ। सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको जानकारी गराएका हुन् ।

अर्थमन्त्री शर्माले भने, ‘सबै प्रादेशिक अस्पतालमा डाइलासिस सेवा उपलब्ध गराउन डाइलासिस मेसिन खरिद गर्न २० करोड विनियोजन गरेको छु । विपन्न मिर्गौला रोगी नागरिकलाई मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन गरेको छु ।’

त्यस्तै सरकारले स्वास्थ्य बीमाको लागि लागि ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस