अनुमति लिएका व्यक्तिले मात्रै जग्गा किनबेचको कारोबार गर्न पाउने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अनुमति लिएका व्यक्तिले मात्रै जग्गा किनबेचको कारोबार गर्न पाउने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । अनुमति लिएका आधिकारिक व्यक्ति र कम्पनीले मात्र घरजग्गा किनबेचको कारोबार गर्न पाउने भएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि महानगर र उपमहानगरबाट यस्तो व्यवस्था कार्यान्वयन गरिन लागेको बताए।

जग्गाको मूल्य सट्टे बाजी रोक्न सरकारले यस्तो प्रस्ताव गरेको हो। यद्यपि यो व्यवस्था यसअघि नै घोषणा भए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस