सरकारले बाँझो जमिनलाई खेती गर्न भाडामा दिने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकारले बाँझो जमिनलाई खेती गर्न भाडामा दिने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले बाँझो जमिनलाई खेती गर्न भाडामा दिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले बाँझो जमिन भाडामा दिने नीति लिइएको बताएका छन् । स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’मा उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।

आगामी आर्थिक वर्ष २०७९/०८० बजेटले कृषि क्षेत्रलाई अहिलेसम्मकै सबैभन्दा बढी ५५ अर्ब ९७ करोड रकम विनियोजन गरेको छ ।

आगामी वर्षको बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस