चिकित्सक लाइसेन्सको परीक्षामा ४७५ जना मात्र उत्तीर्ण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिकित्सक लाइसेन्सको परीक्षामा ४७५ जना मात्र उत्तीर्ण


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्यार्थी फेल भएका छन् ।

काउन्सिलले बिहीबारदेखि शनिवारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिवार साँझ प्रकाशन गरेको हो ।

परीक्षामा सहभागीमध्ये ३१ दशमलव ८४ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिस्ट्रार डा। कृष्णप्रसाद अधिकारीले बताए ।

परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीमध्ये ४७५ जना मात्र उत्तीर्ण भएका छन् ।

परीक्षाका लागि कुल १ हजार ५१६ जनाले फारम भरेको भए पनि २२ जना अनुपस्थित भएको र २ जनाको नतिजा रोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस