शिक्षक र कर्मचारीलाई राजनीतिमा निषेध गर्ने मालिकार्जुन गाउँपालिकाको निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शिक्षक र कर्मचारीलाई राजनीतिमा निषेध गर्ने मालिकार्जुन गाउँपालिकाको निर्णय


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीति गर्न निषेध गरेको छ।

जेठ १३ मा बसेको गाउँ कार्यपालिकाको बैठकले शिक्षक र कर्मचारीको राजनीतिक दलसँगको आबद्धता निषेध गर्ने निर्णय गरेको छ।

गाउँपालिकाभित्र रहेका शिक्षक र कर्मचारीले सात दिनभित्र आफूले राजनीतिक दलसँगको आबद्धता त्यागेको विवरण पेस गर्नुपर्नेछ।

गाउँपालिका अध्यक्ष हिरासिंह धामीले राजनीतिक दलको आबद्धता निषेध गर्ने निर्णय गरिएको बताए।

‘सात दिनभित्र राजनीतिक दलको आबद्धता त्यागी/त्याग्न लगाई सोको जानकारी गाउँपालिका कार्यालयमा पेस गर्न अनुरोध छ। अन्यथा कानुनबमोजिम भई जाने ब्यहोरा जानकारीका लागि अनुरोध छ,’ उनले भनेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस