अपडेट: वेपत्ता जहाजमा १३ नेपाली सहित ६ विदेशी यात्रु थिए सवार « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

अपडेट: वेपत्ता जहाजमा १३ नेपाली सहित ६ विदेशी यात्रु थिए सवार


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । १९ यात्रुसहित पोखराबाट जोमसोम उडेको तारा एयरको जहाजमा ६ विदेशी यात्रु रहेको खुलेको छ । १९ यात्रुमध्ये जहाजमा ४ जना भारतीय २ जर्मन नागरिकसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको पाइएको हो ।

उक्त विमान मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएपनि त्यसको पुष्टि भैसकेको छैन । यद्यपि नेपाल प्रहरीले सम्पर्कविहीन भएको जहाजको खोजी कार्य सुरु भएको जनाएको छ ।मानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस