आइपिएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आइपिएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् ।

खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आइपिएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आइपिएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।

पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस