प्रधानमन्त्रीलाई लालबाबुको प्रश्न -दुई दिन बिदा दिने निर्णय कसको फाइदाको निम्ति किन गरिएको हो ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीलाई लालबाबुको प्रश्न -दुई दिन बिदा दिने निर्णय कसको फाइदाको निम्ति किन गरिएको हो ?


१४ जेष्ठ २०७९, शनिबार


ग्लोबल ह्याप्पिनेश समिट

काठमाडौँ । नेकपा(एमाले)का सांसद तथा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालमा यसै पनि बढी बिदा भएर जनताले सेवा प्रवाहमा कठिनाइ भोग्नु परिरहेको भन्दै दुई दिन बिदा दिने सरकारको निर्णयबारे प्रधानमन्त्रीसँग प्रश्न सोधेका छन् ।

प्रतिनिधिसभाको शनिवारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पण्डितले प्रश्न गरे ‘हप्ताको दुई दिन बिदा दिने निर्णय कसको फाइदाको निम्ति किन गरिएको हो ?’ उनले थपे ‘नेपालमा यसै पनि बढी बिदा भएर जनताले सेवा प्रवाहमा कठिनाइ भोग्नु परिरहेको छ’

सांसद तथा पूर्व मन्त्री पण्डितले सङ्घीय निजामती विधेयक राज्यव्यवस्था समितिबाट पारित भएर संसदमा आएको अवस्थामा किन फिर्ता गरियो ? भनेर समेत प्रश्न गरेका छन् – ‘सरकार सङ्घीयतालाई असफल बनाउन चाहन्छ ?’

Tags :
प्रतिक्रिया दिनुहोस