पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइने


१४ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । पाठेघरको डिम्बाशय र मुखको क्यान्सर विरुद्ध खोप दिइने भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ सालको नीति तथा कार्यक्रममा महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने जनाएको छ ।

यस्तै सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइने समेत जनाएको छ । मुख्यतः महिलाहरूमा देखिने क्यान्सरमध्ये पाठेघरको डिम्बाशय, पाठेघरको मुखको क्यान्सर, स्तनको क्यान्सर प्रमुखमा पर्छन् । अङ्गमा कोशिकाहरूको अनियन्त्रित, असामान्य, अनावश्यक रूपले वृद्धि भई निको नहुने घाउ हो पाठेघरको मुखको क्यान्सर । समयमै उपचार पाए साधारण उपचारले बिरामी निको हुने वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ सन्ध्या चापागाईँले बत्ताइन् ।

खास गरी ग्रामीण भेगका महिलाले डिम्बाशयको क्यान्सर भई तेस्रो चौथो स्टेजमा पुगेका थाहा पाउने चिकित्सकहरूले बताएका छन् । डिम्बाशयको क्यान्सरको कोशिकाहरू हुन्छ । महिलाहरूमा पाठेघरको दुवैतिर हुने सानो अण्डा आकारको अङ्गलाई डिम्बाशय भनिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय पाठेघरको मुख र डिम्बाशयको स्तन क्यान्सरको बिरामी बढ्दै गएको जनाएको छ । त्यसैले, सरकारले नीति तथा कार्यक्रममा स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याउन लागेको हो ।

प्रसूति तथा स्त्री रोग अस्पतालका उपनिर्देशक डा. श्री प्रसाद अधिकारीका अनुसार पाठेघरको मुख र डिम्बाशय हुने क्यान्सरका धेरै बिरामीले लामो समयपछि उपचार पाउँदा रकम बढी खर्च हुने तर बिरामीको ज्यान पनि नजोगिने अवस्था छ । यही तथ्यलाई मध्यनजर गर्दै सरकारको नीति तथा कार्यक्रममा क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा र किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने कुरा समावेश हुनु सान्दर्भिक भएको चिकित्सकहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस