२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेनद्वारा सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल साइटको अनुगमन, फोहोर व्यवस्थापनबारे के भने ?

अ+ अ-

काठमाडौँ । काठमाडौँका नवनिर्वाचित मेयर बालेन शाह शुक्रबार साँझ सिसडोल र बञ्चरेडाँडा पुगेका छन्। उनले त्यहाँ पुगेर अवस्था अवलोकन तथा जानकारी लिएको बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए।

उनका अनुसार नयाँ मेयर बालेन साँझतिर त्यहाँ पुगेका थिए।

‘उहाँले यहाँको अवस्था अवलोकन गरी जानकारी लिनुभयो। हामीले उहाँलाई यहाँ भइरहेका विगतदेखिका कुराहरू बत्तायौँ’, ढुङ्गानाले भने, ‘उहाँले यो समस्याको अन्तिम निकास के हुन सक्ला भन्नेबारे छलफल गरी सुझाव पनि माग्नुभयो।’

सिसडोल र बञ्चरेडाँडाका वरिपरिका बस्तीमा फोहोरका कारण सिर्जना भएका समस्या, स्थानीयको स्वास्थ्य र वातावरणमा परेको असर लगायतबारे विगतका सरकारले बारम्बार आश्वासन दिएको भए पनि पूरा हुन नसकेको उनले बताए।

‘हामीले त्यसको परिपूर्ति गर्न उहाँसँग अनुरोध गरेका छौँ। यहाँको फोहोरलाई आधुनिक र व्यवस्थित तरिकाले व्यवस्थापन गर्न भनेका छौँ,’ उनले भने, ‘उहाँले चाँडै नै निरूपण गर्न छलफलमा बस्छु भन्नुभएको छ। सरकार र जनताले सधैँ काठमाडौँको फोहोरबारे आन्दोलन गर्नुपरेको छ, यो अवस्था अन्त्य गर्न कसरी हुन्छ सकेसम्म चाँडो कस्तो कार्यक्रम ल्याउन सकिन्छ भनेर छलफलमा बसिहाल्छु भन्नुभएको छ । ‘

आफूहरूले वर्षौँदेखि आश्वासन मात्र पाइरहेको र कसैले काम नगरिदिएको गुनासो समितिले गरेको थियो। अब केही समयपछि पनि समस्या समाधान नभए फेरि आन्दोलन जारी राख्ने आफूहरूले बताएको ढुङ्गानाको भनाइ छ।

‘हामीलाई सधैँ आश्वासन मात्र दिइएको छ। अब केही दिनपछि पनि हाम्रो माग पूरा गर्ने प्रक्रिया सुरु नभए हाम्रो आन्दोलन निरन्तर रहन्छ, उनले भने, ‘उहाँले (बालेन) समस्या समाधानका लागि पहल गर्ने भन्नुभएको छ। उहाँले हाम्रो माग पूरा गर्नु हुन्छ भन्नेमा हामी आशावादी छौँ। यसका लागि धेरै दिन कुर्न पर्दैन, दुई-चार दिनमा नीतिगत निर्णय नभए हामी फेरि जाने आन्दोलनमै हो ।’

बालेनले यो समस्या काठमाडौं उपत्यका र ल्यान्डफिल साइट दुवैको भएकाले समाधानका लागि तत्काल पहल गर्ने बताएको ढुङ्गानाले बताए।

बिहीबार मात्र निर्वाचित मेयर बालेन शाहको पदभार ग्रहण बाँकी नै छ। यी प्रक्रिया सकेपछि तुरुन्त कामकारबाहीमा लाग्ने उनले बताएका पनि ढुङ्गानाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस