अमेरिकी राष्ट्रपति बाइडेन टेक्सासस्थित नरसंहार भएको विद्यालय जाने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकी राष्ट्रपति बाइडेन टेक्सासस्थित नरसंहार भएको विद्यालय जाने


१३ जेष्ठ २०७९, शुक्रबार


वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जाने भएका छन् ।

उनी सो नरसंहारको निरीक्षणका लागि यही आइतबार त्यहाँ जान लागेको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार दिएको जानकारीअनुसार राष्ट्रपति बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेन आइतबार सो विद्यालय जाने भएका छन् ।

उनीहरुले उक्त नरसंहारमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा उनीहरुका परिवारलाई समवेदना व्यक्त गर्न त्यहाँ जान लाग्नुभएको समाचारमा जनाइएको छ ।

केही दिनअघि अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएको थियो ।

अमेरिकी सहर टेक्सासमा मंगलबार दिउँसो भएको सो दुःखद घटनामा परी १८ जना बालबालिकासहित २१ जना मारिएका थिए भने अरु कैयौँ घाइते भएका थिए । टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कुलमा एक जना किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको बताइएको छ ।

सम्बन्धित समाचार : टेक्सास विद्यालय नरसंहार: १८ बालबालिकासहित २१ जनाको हत्या

Tags :
प्रतिक्रिया दिनुहोस