आइपिएल क्रिकेट : दोस्रो क्वालिफायरमा आज राजस्थान र बेङ्ग्लोर भिड्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आइपिएल क्रिकेट : दोस्रो क्वालिफायरमा आज राजस्थान र बेङ्ग्लोर भिड्दै


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् ।

खेल राति पौने आठ बजे अहमदाबादमा सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ ।

पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको नियम अनुसार राजस्थानले इलिमिनेटरको विजेता बेङ्ग्लोरसँग क्वालिफायर खेल्ने मौका पाएको हो ।

बेङ्ग्लोर इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै क्वालिफायरमा पुगेको हो । फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस