काठमाडौँको कोटेश्वरमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
रामेछाप गोकुलगंगा गाउँपालिका–१ का ३७ वर्षीय आशाबहादुर नेवारको मृत्यु भएको प्रहरीले जनाएकाे छ । मृतक स्कुटर चालक हुन्।
बिहीबार दिउँसो काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरचोक नजिक सडकखण्डमा दुर्घटना भएको हो।
कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले स्कुटरलाई ठक्कर दिएको हो। बा ८९ प ९०२४ नम्बरको स्कुटर सोही दिशातर्फ जाँदै थियो।
घाइते नेवारलाई उपचारका लागि बिएण्डबी अस्पताल ललितपुर लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए।
बस र चालक कोटेश्वर प्रहरी प्रभागको नियन्त्रणमा रहेको जनाइएको छ।