यौन दुर्व्यवहारको आरोपपछि स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी निलम्बित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यौन दुर्व्यवहारको आरोपपछि स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी निलम्बित


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी यौन दुर्व्यवहारको आरोप लागेपछि निलम्बनमा परेका छन् ।

इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै निवेदन दिएसँगै झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्का एक कर्मचारीले जानकारी दिए । उनका अनुसार छानबिन समिति गठन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस