एक करोड १० लाख बिगो कायम भएका फरार प्रतिवादी पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक करोड १० लाख बिगो कायम भएका फरार प्रतिवादी पक्राउ


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा एक करोड १० लाख बिगो कायम भई फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने सर्लाही हरिपुर नगरपालिका–१ ठेगाना भएका ३४ वर्षीय नरेन्द्रप्रकाश सुवेदीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त कसुरमा उच्च अदालत पाटन ललितपुरबाट २०७८ साल फागुन २० गते पक्राउ अनुमतिसमेत जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीन भवनबाट खटिएको पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाइएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस