चिनी निर्यातमा रोक लगाउने भारतको निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चिनी निर्यातमा रोक लगाउने भारतको निर्णय


११ जेष्ठ २०७९, बुधबार


चिनी

काठमाडौँ । भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ ।

१ जुन (१८ जेठ) देखि कार्यान्वयन हुने गरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबै खाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको जनाइएको छ ।

रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिए पछि विभिन्न मुलुकले त्यसको असरबाट आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहोको निर्णय गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस