बढ्यो नेपाली क्रिकेट खेलाडीको तलब « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बढ्यो नेपाली क्रिकेट खेलाडीको तलब


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलब बढेको हो ।

क्यानले राष्ट्रिय खेलाडीहरूलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ ।

त्यसै गरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले वृद्धि गरेको छ । त्रिवि क्रिकेट मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस