रेनु दाहालको घोषणा : खानेपानी नि: शुल्क, छोरीहरूका लागि जीवन बिमा « प्रशासन
Logo ६ चैत्र २०७९, सोमबार
   

रेनु दाहालको घोषणा : खानेपानी नि: शुल्क, छोरीहरूका लागि जीवन बिमा


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले महिनामा सात हजार लिटर खानेपानी निः शुल्क दिने घोषणा गरेकी छन्।

खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले दाबी छ ।

साथै उनले आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बिमा गर्ने निर्णयमा पनि हस्ताक्षर गरेकी छन्।

आगामी आर्थिक वर्षबाट यो बिमा कार्यक्रम लागू हुनेछ। छोरीहरूका लागि एक लाख रुपैयाँको जीवन बिमा गर्ने निर्णय महानगरको छ।

महानगरले गरिदिने बीमामार्फत् १५ वर्षपछि एक लाख रुपैयाँ पाइनेछ। यो बिमाको व्यवस्था सरकारी अस्पतालमा जन्मिएका छोरीहरूका हकमा मात्रै लागु हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस