पाँच सचिवको सरुवा : दुईको सदर, तीनको फेरबदल ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाँच सचिवको सरुवा : दुईको सदर, तीनको फेरबदल !


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार, सतर्कर्तालगायत मन्त्रालयका सचिवहरूको सरुवा गरेको प्रशासन सिंहदरवार उच्च स्रोतले जानकारी दिएको छ ।

प्राप्त जानकारी अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठलाई राष्ट्रिय सतर्कतामा पुर्‍याइएको छ भने त्यहाँ नेपाल ट्रष्टका सचिव गोपाल सिग्देल आएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा राष्ट्रिय सतर्कता केन्द्रका सुशील चन्द्र तिवारीले बाजि मारेका छन् । करिब आधा दर्जनको दौडमा उनले नै बाजी मार्ने कुरा यसअघि नै प्रशासनमा समाचार प्रकाशित भइसकेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव(ऊर्जा) देवेन्द्र कार्कीको अनिवार्य अवकाशसँगै रिक्त पद मिलाउन अन्य मन्त्रालयकासमेत चलाउँदा भौतिकमा सिग्देलको सोही दिन टुङ्गो लागेको थियो भने बाँकीका लागि शक्तिकेन्द्र जुध्दा पत्र बन्न सकेको थिएन ।

सम्बन्धित समाचार : केही सचिवको सरुवा : सिग्देल पुगे भौतिक, ऊर्जाका लागि दौडधुप !

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मणिराम गेलालले खानेपानी मन्त्रालयमा जम्प हानेका छन् । यससँगै खानेपानीका सुरेश आचार्य प्रधानमन्त्री कार्यालयमा डम्प हुन पुगेका छन् ।

प्रधानमन्त्री कार्यालयमा प्राविधिक सचिव कान्छो दरबन्दी हो । शहरी विकास मन्त्रालयका सचिव रमेश कुमार सिंहलाई अतिरिक्तमा थन्क्याउन प्रधानमन्त्री कार्यालयमा तानिएपछि उनले त्यहीँ दरबन्दी सिर्जना गर्न लगाई पुनः शहरीमै फर्किएसँगै गेलाल त्यहाँ पुगेका थिए ।

सम्बन्धित समाचार : दुई सचिवको सरुवा, ‘विवादित’ सिंह पुनः फर्किए शहरी

हाल कायम सचिवकै दरबन्दी घटाउनु पर्ने भनिरहँदा प्रधानमन्त्री कार्यालयमा थपिएको दरबन्दी भर्‍याङ मात्रै हुने कुरा पनि प्रशासनले यसअघि नै लेखिसकेको थियो । मन नपरेकालाई तानेर थन्क्याउने तथा यसरी आउनेहरू पनि केही दिन तथा महिनामा ‘सेटिङ’ मिलाएर ‘मालदार’ मन्त्रालयमा जानका लागि मात्रै थप गरिएको दरबन्दी काट्नुपर्ने प्रशासनविद्हरूको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस