२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गर्छौँ : मन्त्री आले

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरी निकासी भई विदेश पुगेका र त्यहाँबाट फिर्ता ल्याइएका मूर्तिको संरक्षण गरिने बताएका छन् ।

नेपालबाट हराएका तथा चोरी भएर अमेरिका विभिन्न सङ्ग्रहालय पुगेका विभिन्न शताब्दीका पाँच वटा मूर्ति आज नेपाल ल्याई पुरातत्त्व विभागलाई हस्तान्तरण गर्ने कार्यक्रममा मन्त्री आलेले नेपालको कला, सम्पदा, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका सम्पदालाई चोरी निकासी हुनबाट जोगाउनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो पहिचानको धरोहरको रूपमा रहेका सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा मासिने र चोरी निकासी हुने क्रम बढेको छ, हामीले हाम्रा सम्पदाको संरक्षण गर्न जरुरी भएको छ ।’ सोही कार्यक्रममा मन्त्री आलेले ऐतिहासिक, सांस्कृतिक महत्त्वका सम्पदाको संरक्षणमा सरोकार भएका सबै निकायले विशेषरुपमा ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल कला सम्पदाको भरिपूर्ण देश हो, नेपालका सांस्कृतिक, पुरातात्त्विक महत्त्वका सम्पदाले विश्वमै विशिष्ट र मौलिक पहिचान बोकेका छन्, हाम्रा पहिचानका धरोहरको सबैले संरक्षण गर्न जरुरी छ ।’ सोही कार्यक्रममा विदेशी भूमिमा पुगेका नेपालका मूर्ति फिर्ता दिने तथा नेपाल ल्याउन सहयोग गर्ने सबैलाई मन्त्री आलेले धन्यवादसमेत दिएका थिए ।

उक्त कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पी मिकालरले नेपालबाट चोरी निकासी भई अमेरिका विभिन्न सङ्ग्रहालयमा पुगेका नेपालका पुरातात्त्विक महत्त्वका सामग्री फिर्ता गर्दै जाने प्रतिबद्धता जनाएका थिए ।

नेपालबाट हराएर अमेरिकाको विभिन्न स्थानमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्त्वका पाँच प्राचीन मूर्ति फिर्ता ल्याई पुरातत्त्व विभागले आज एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको थियो ।

पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमका अनुसार फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिव लिङ्ग, प्रस्तरको उमा महेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्त्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति रहेको छ ।