निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका सम्बन्धमा जारी भएको निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन आयोगले गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो ।

स्थानीय निर्वाचन गत वैशाख ३० गते देशभर एकैचरणमा सम्पन्न भएको छ । अधिकांश स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भई निर्वाचितले काम थालनी गरिसकेका छन् । बाह्र पालिकाको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस