हिंसा पीडितको तत्काल उद्धार गरिने छ : राष्ट्रपति भण्डारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हिंसा पीडितको तत्काल उद्धार गरिने छ : राष्ट्रपति भण्डारी


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसा पीडितको तत्काल उद्धार, पुनर्स्थापना र परिवारमा पुन: एकीकरण गरी आर्थिक सशक्तीकरणलाई थप प्रभावकारी बनाउने बताएकी छन् ।

सङ्घीय संसद्‌मा मङ्गलवार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले उक्त धारणा राखेकी हुन् ।

त्यसै गरी, महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यकविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण, दुर्व्यवहार र भेदभाव अन्त्य गरी लैङ्गिक उत्तरदायी शासन प्रणालीलाई संस्थागत गर्ने नीति लिइने भण्डारीले बताइन् ।

उनले राज्यका आधारभूत तहमा महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिने र राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई प्रभावकारी बनाइने बताइन् ।

उनका अनुसार सरकारले थप बाल सुधार निर्माण गर्नेछ । साथै ज्येष्ठ नागरिकको अधिकार संरक्षणका लागि ‘राष्ट्रिय ज्येष्ठ नागरिक नीति’ तर्जुमा गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस