आजबाट त्रियुगा नगरपालिकाको मतगणना सुरु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

आजबाट त्रियुगा नगरपालिकाको मतगणना सुरु


१० जेष्ठ २०७९, मंगलबार


उदयपुर । त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडा नम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्रियुगा–१२ को जनप्रेमी माविमा रहेका क ख ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो ।

सो केन्द्रमा पुन: मतदान गर्नुपर्ने वा मतगणना गर्ने विषयमा दलहरूबिच विवाद भएपछि मत गणना सुरु हुन सकेको थिएन ।

विवादित उक्त मतदान केन्द्रको निर्वाचन आयोगको टोलीले स्थलगत अनुगमन पनि गरेको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा पुन: मतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपालगायतले पुनस् मतदानको माग राखेका थिए । नेकपा एमाले र काँग्रेसले भने मत गणनाका लागि दबाब दिँदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस