यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ


१० जेष्ठ २०७९, मंगलबार


पक्राउ

काठमाडौँ । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौँको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

३ जना विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा कलेजका संयोजकसमेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।

घटनाको अनुसन्धान गर्न म्याद थपका लागि अधिकारीलाई अदालतसामु उपस्थित गराउने तयारी भएको पनि प्रहरीले जनाएको छ ।

कलेजका विद्यार्थी मंगलबार बिहानदेखि शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । शिक्षक अधिकारीमाथि केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

पटक–पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए ।

सम्बन्धित समाचार : शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

Tags :
प्रतिक्रिया दिनुहोस