रुपन्देहीको कोटहीमाईमा लोसपा विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रुपन्देहीको कोटहीमाईमा लोसपा विजयी


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण त्रिपाठी निर्वाचित भएका छन् । त्रिपाठी ४ हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार कलवार ४ हजार २ सय ३९ मत प्राप्त गरे । १२ जना प्रतिस्पर्धी रहेको पालिका अध्यक्षमा त्रिपाठीले कलवारलाई ३ सय ९९ मतले पछि पार्दै विजय निकालेका हुन् ।

उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकै सुशीलाकुमारी यादव निर्वाचित भएकी छन् । यादवले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी गुजराती यादवलाई १ हजार २ सय ९४ मतले पछि पार्दै विजय निकालेकी हुन् । गुजरातीले ३ हजार ४ सय ४२ मत प्राप्त गरिन् भने निर्वाचित सुशीला यादवले ४ हजार ७ सय ३६ मत पाइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस