२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

अ+ अ-

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले जनताको हित हुने गरी काम गर्नुपर्ने बताएका छन् ।

तनहुँको भानु नगरपालिकामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि जनताका सेवक भएकाले जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

व्यक्तिगत स्वार्थमा नफसी जनताका आवश्यकतालाई पूरा गर्नेतर्फ लाग्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘जनप्रतिनिधिका काँधमा ठुलो जिम्मेवारी छ, उक्त जिम्मेवारीलाई सफलतापूर्वक सफल बनाउनेतर्फ ध्यान दिनुपर्छ ।’

स्थानीय तह निर्वाचनमा काँग्रेसको नेतृत्वमा भएको गठबन्धन सफल भएको भन्दै वरिष्ठ नेता पौडेलले प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म गठबन्धनलाई लैजानुपर्ने धारणा राखे ।

काँग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्थानीय तहले जनतालाई भार पर्ने गरी कर वृद्धि गर्न नहुने उल्लेख गर्दै आम्दानीका स्रोत बढाउनुपर्नेमा जोड दिए ।

प्रत्येक वडामा पाँच ठुला आयोजनाको सूची तयार गर्न आग्रह गर्दै उनले त्यसका लागि सङ्घीय सरकारबाट बजेटको व्यवस्था गरिने बताए ।

भानु नगरपालिकाका नवनिर्वाचित प्रमुख आनन्दराज त्रिपाठीले पार्टीभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउँदै विकासका सवालमा सबै पार्टीसँग सहकार्य गर्ने बताए । उनले सबैलाई समान ढङ्गले हेर्ने उल्लेख गदै विकास निर्माणमा कसैले पनि अवरोध गर्न नहुने धारणा राखे ।

भानु नगरपालिकाका नवनिर्वाचित उपप्रमुख उमा गोतामेले जनताले दिएको जिम्मेवारी पूरा गर्ने बताए ।

नगरप्रमुख त्रिपाठीले आजै जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना समक्ष शपथग्रहण गरी कार्यालय पुगेर पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस