नक्कली भ्याट बिल बनाउने विरुद्ध मुद्दा दायर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नक्कली भ्याट बिल बनाउने विरुद्ध मुद्दा दायर


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा निरज ट्रेडर्स एन्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

राजश्व अनुसन्धान विभागका अनुसार चितवनको भरतपुर महानगरपालिका–३ मा व्यवसाय गर्ने पर्साको वीरगन्ज महानगरपालिका–१० का श्रीराम ठाकुर र जटाशङ्कर जैसवाल विरुद्ध यही जेठ ५ गते मुद्दा दायर गरिएको भए पनि आज जानकारी दिइएको हो ।

विभागले मूल्य अभिवृद्धि करतर्फ रु दुई करोड ४१ लाख ३५ हजार ९४१ र आयकरतर्फको रु पाँच करोड ५७ लाख १६ हजार ६१२ बराबरको बिगो दाबी गरेको छ ।

विभागले बिगो र जरिवानासहित रु १५ करोड ९७ लाख पाँच हजार १०६ बराबरको मागदावी गर्दै मुद्दा दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस