निर्वाचनको परिणाम सन्तोषजनक : नेपाली काँग्रेस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निर्वाचनको परिणाम सन्तोषजनक : नेपाली काँग्रेस


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक भएको नेपाली काँग्रेसले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रवक्ता डा. प्रकाश शरण महतले आएको परिणाम सन्तोषजनक रहेको बताए ।

‘समग्रमा यो निर्वाचनको परिणाम हामीले सन्तोषजनक रूपमा लिएका छौँ,’ उनले भने,‘नेपाली काँग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठुलो सफलता हासिल गरेको छ । र तालमेल सहित हामीले निर्वाचनको परिणामलाई हेर्ने हो भने, सहयोगी दलले पनि उल्लेख्य सफलता हासिल गरेको हामीले महसुस गरेका छौँ ।’

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न भएको काँग्रेसले जनाएको छ ।

‘जहिले जहिले काँग्रेसले निर्वाचन गर्छ हामीले निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सहयोग गरेका छौ,’ प्रवक्ता महतले दाबी गरे, ‘चाहे २०१५ सालमा होस, २०४८ सालको होस, ०५१, ०५६, ०६४, ०७४ होस वा अहिलेको हामीले निष्पक्ष चुनाव गराएका छौ ।’

बरु एमालेको कार्यकालमा २०५४ मा व्यापक धाँधली भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस