इरानको सुरक्षा दस्ताका कर्णेलको हत्या « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इरानको सुरक्षा दस्ताका कर्णेलको हत्या


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । इरानको शक्तिशाली सुरक्षा दस्ता रेभलुसनरी गार्डस्का एक कर्णेलको हत्या भएको छ। गएराति राजधानी तेहरानमा रेभलुसनरी गार्डस्का कर्णेल सैयद खोदाइको हत्या भएको हो।

घर अगाडि मोटरसाइकलमा सवार दुई व्यक्तिले खोदाइलाई पाँच पटक गोली प्रहार गरेको बताइएको छ। हत्याको जिम्मा कुनै समूहले लिएको छैन। हत्यामा संलग्नहरूको खोजी भइरहेको छ। इरानी अधिकारीले अमेरिका र उसका सहयोगीले हत्या गरेको आरोप लगाएका छन्।

कर्णेल खोदाइ रेभलुसनरी गार्डस् अन्तर्गत गोप्य रूपमा काम गर्ने सैन्य निकाय कूड्स फोर्सका वरिष्ठ सदस्य थिए। अमेरिकाले उक्त सैन्य बलले आतंकवादी समूहलाई समर्थन गरेको र मध्यपूर्वमा भएका आक्रमणमा उसको हात रहेको आरोप लगाउँदै आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस