काठमाडौँमा बालेनको फराकिलो अग्रता कायमै, सिर्जनाले केशवलाई ८१३ मतले पछि पारिन् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँमा बालेनको फराकिलो अग्रता कायमै, सिर्जनाले केशवलाई ८१३ मतले पछि पारिन्


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार बालेन ४४ हजार १ सय ८३ मतसहित अग्रता फराकिलो पारेका छन्।

दोस्रो स्थानमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २५ हजार ८ सय ३५ मत पाएकी छन्। बालेनले सिर्जनाको भन्दा १८ हजार ३ सय ४८ मत धेरै पाएका छन् ।

तेस्रो स्थानमा धकेलिएका एमालेका केशव स्थापितले २५ हजार २२ मत पाएका छन् । सिर्जना र स्थापितको मतान्तर ८ सय १३ छ।

काठमाडौँमा १ लाख ९० हजार ९८४ मत खसेकोमा हालसम्म १ लाख २४ हजार ५४४ मत गणना भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस