भरतपुर मतगणना अपडेट : रफ्तारमा अघि बढ्यो रेनुको अग्रता, सुवेदीले कति पाए ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भरतपुर मतगणना अपडेट : रफ्तारमा अघि बढ्यो रेनुको अग्रता, सुवेदीले कति पाए ?


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा एक लाख १९४५ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साँझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९०१९ मतले अग्रता कायम गरेकी छन् ।

रेनुले ४०,५८९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३१,५७० मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३,०६४ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४२,७३२ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २४,९९२ मत प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस